अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

नेपाल निवा कोटेश्वरमा भएको भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

याे पनि पढ्नुस  कास्की–२ अपडेटः मतान्तर बढाउँदै विद्या, खेमराजभन्दा करिब ६ हजार मतले अघि

बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

कमेन्ट गर्नुहोस्