लकडाउनमा ‘मूड फ्रेस’ गर्न श्रीमान् बिक्रीमा!

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन अधिकांश देश लकडाउनमा छन् ।

दिन, साता हुँदै महिना बितिसक्दा पनि यो यो महामारी अन्त्य नहुँदा लकडाउन पनि लम्ब्याउन थालिएको छ । आम मानिसहरु भने लकडाउनको दिक्दारीबाट रिफ्रेस हुन अनेक उपाय खोजिरहेका छन् ।

याे पनि पढ्नुस  मृतक सुत्केरीको गाउँ सिल, उपचार गर्न बाह्रबिसे पुगेकी थिइन्

खासगरी अमेरिकाका विभिन्न सहरका मानिस पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । टिकटक, भिडिओ कल जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

याे पनि पढ्नुस  कोरोना आतंकः ८० को मृत्यु, २८ सयमा संक्रमण, युद्दस्तरमा प्रतिरक्षा गर्दै चीन

त्यस्ता ब्यानर हालै सामाजिक सञ्जालमा भाइरल समेत बनेका छन् । अनइन्स्टल २०२० इट्स गट अ भाइरस, ‘माइ हजबेन्ड फर सेल’ यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य ब्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् ।

याे पनि पढ्नुस  ‘चीनको प्रयोगशालाबाटै कोरोना उत्पत्ति भयो’

यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्ने बारे विस्तृतमा खुलेको छैन । यद्यपि, यी ब्यानर ‘माइन्ड फ्रेस’ गर्न घरबाहिर बरन्डामा टाँगिएको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्