प्रधानमन्त्री ओलीले लेख कविताः ‘अब आँसु खसाउनु पर्दैन’

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन।

याे पनि पढ्नुस  डरलाग्दो प्रचारयुद्ध, असाधारण उपलब्धिहरूको सामान्य सिंहावलोकनः ओली (पूर्णपाठ)

सामाजिक न्याय र समानता
अधिकारसम्पन्‍न जनता
मेची–काली, पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन।

फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा हुनु पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन।

याे पनि पढ्नुस  ओलीलाई मिर्गाैला दिने २ जना तयार, कहिले हुन्छ प्रत्यारोपण ?

मे १, २०२०
बिहान २ः३० बजे

कमेन्ट गर्नुहोस्