पेरिसः फ्रान्समा कोरोना भाइरसको कारण घोषणा गरिएको ११ मेसम्मको स्वास्थ्य संकटकाल २४ जुलाईसम्मका लागि लम्ब्याइएको छ ।
स्वास्थ्यमन्त्री ओलिभिय भेरँले शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संकटकाल लम्ब्याउने घोषणा गरेका हुन् ।
यसअघि मार्च २४ मा लागू भएपछिको संकटकाल लगाउनुपर्ने स्थिति अझै विस्तार भएको, अहिले नै संकटकाल खोल्नु समयअघि नै जोखिमको स्थिति देखा परेको, कोरोना भाइरसको महामारी रोक्न चालिएका कदमहरुकोबीचमा थप समस्याहरु देखिनाले संकटकाल लगाउनुपर्ने तर्क उनले दिएका हुन् ।
जुलाई २४ अघि नै संकटकाल खुकुलो पार्ने सरकारी प्रस्तावमाथि केही प्रावधानहरुलाई पुन परिवर्तित गरिने छ । यसअघि मे ११ बाट डेकेयर र शिशु कक्षाहरु सञ्चालन गर्ने सरकारले घोषणा गरेपछि अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना बालबालिकाहरुलाई स्कुल पठाउन नसकिने भन्दै विरोध भएको थियो ।
फ्रान्समा हालसम्म १ लाख ६७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये साढे २४ हजार व्यक्तिले ज्यान गुमाएका छन् । फ्रान्समा ५० हजार बढी स.क्रमित उपचारपछि निको भएका छन् ।