नेपालमा दोस्रोपटक एकैदिन दोहोरो अंकमा बढे कोरोना संक्रमित

काठमाडौंः नेपालमा दोस्रो पटक एकै दिन दोहोरो अंकमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

यसअघि एकैदिन उदयपुरमा ११ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

आज नेपालगन्जमा ९ र पर्सामा १ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

नेपालगन्जमा संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

याे पनि पढ्नुस  पिसिआरलाई फेसन नबनाऔंः डा. लोकेन्द्र थापा

संक्रमितहरूको ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास भइरहेको नेपालगन्जका मेयर धवलशमशेर राणाले जानकारी दिए ।

त्यस्तै आजै पर्साको वीरगन्ज महानगरपालिका–३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ६९ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

याे पनि पढ्नुस  नेपालमा यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

कमेन्ट गर्नुहोस्