‘कथा खरर, मन हरर‍…’ अब युट्युब च्यानलमा

काठमाडौंः  थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर’ सुरू गर्ने भएका छन् ।

लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेका यी नाट्य संस्थाले ‘बालबालिका पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो ।

‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबुवा-हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’, थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ ।’

‘कथा खरर, मन हरर’ बालकोसेली युट्युब च्यानलमा भोलिदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ ।

कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुने कार्यक्रमका सह-निर्माता प्रशुन सिन्धुलियले बताए ।

बालबालिकाले कथा सुनाएको भिडियो baalkoselinepal@gmail.com मा पठाउन पनि उनले अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्