नेपालमा फैलिँदै कोरोनाः एकैदिन १६ जनामा देखियो

काठमाडौंः नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार राति नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना देखिएको छ ।

आइतबार दिउँसोसम्ममा नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

याे पनि पढ्नुस  भीम अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

– यसअघि कोरोना संक्रमित संख्या अन्यथा पर्न गएकोमा सच्याइएको छ ।

कमेन्ट गर्नुहोस्