सालीसँगको प्रेम चक्करले घाँटी थिची श्रीमतीको हत्या

धनुषाः सालीसँगको प्रेम चक्करले धनुषामा १ व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीका अनुसार जिल्लाको मिथिला नगरपालिका–९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेका हुन् ।

श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा हत्या गरेका खुल्न आएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  खै कसरी सक्छ यार, जिन्दगीले जिन्दगीलाई छोड्न !

‘गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

वीणा हराएको भन्दै उनका पिताले हुलिया सहितको निवेदन दिएपछि प्रहरीले खोजी सुरू गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुस  धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

उनको बयानका आधारमा शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएको र हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

हरिले ५ वर्षअघि वीणासँग प्रेम विवाह गरेका थिए । यी दुवैको १ छोरा र १ छोरी समेत छन् । तर, यो बीचमा हरिले वीणाकी कान्छी बहिनीसँग पनि प्रेम सुरू गरेका थिए । वीणालाई साइड लगाएर मात्रै हरिले सालीसँग विवाह गर्न लागेका थिए ।

याे पनि पढ्नुस  श्रीमानको हत्या गरेर भीरबाट फालिन्, आफैं प्रहरीमा रोनाधोना, यसरी खुल्यो रहस्य

सालीले ‘दिदी घरमा रहेसम्म म तपाईंको श्रीमती बन्न सक्दिनँ’ भनेर आफूलाई भनिरह्यो’ हरिले प्रहरीसँगको बयानमा भनेका छन्, ‘मलाई साली मन पर्न थालिसकेको थियो । त्यहीँ भएर उनलाई पाउन वीणाको हत्या गरेको हुँ ।’

कमेन्ट गर्नुहोस्