भारतमा विकराल हुँदै कोरोना, संक्रमितको संख्या ४६ हजार ४३७, मुम्बईमा सबैभन्दा धेरै मृत्यु

काठमाडौं, भारतमा कोरोना महामारीले विकराल रुप लिइरहेको छ । पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्यामा ठूलो वृद्दि भएको छ ।

सोमबार मात्रै भारतमा ३ हजार ६ सय ५६ जनामा संक्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ ।

सोमबार महाराष्ट्रमा सबैभन्दा बढी १५६७ जनामा संक्रमण देखिएको थियो । महाराष्ट्रपछि गुजरातमा संक्रमण निकै बढी देखिएको छ । त्यसपछि दिल्ली राजस्थान र पञ्जाबमा संक्रमितको संख्या उल्लेख्य रहेको छ । हेर्नुस चार्ट ।

याे पनि पढ्नुस  मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा, लकडाउन जारी रहने

अहिलेसम्मको तथ्यांक हेर्दा महाराष्ट्रमा संक्रमितबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । मुम्बईमा मात्रै ३४३ जनाको मृत्यु भएको छ ।संक्रमितहरुको मृत्यु दर भने पश्चिम बंगालमा सबैभन्दा धेरै देखिएको छ । पश्चिम बंगालको कलकत्तामा मात्रै ३१८ जनाको मृत्यु भएको छ । यो १२.८ प्रतिशत हो । तर यो विषयमा समेत केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको छ । मुख्यमन्त्री ममता बनर्जीले वास्तविक मृत्यु १०५ मात्र भएको र ७२ जनामा कोरोना भएपनि उनीहरु अन्य बिमारीका कारण मृत्यु भएको बताएकी छिन् ।

याे पनि पढ्नुस  भारतमा भयावह हुँदै कोरोना, १ महिनामा २० लाख संक्रमित, आम मानिस त्रासमा

भारतमा लकडाउनको तेश्रो चरण चलिरहेको छ । तर लकडाउनको पूर्ण पालना भने अझैसम्म पनि हुन सकेको छैन ।

सोमबारका दिन भारतमा मदिरा पसल खुलेपछि हजारौं मिटर लामो लाइन लागेको थियो ।

सरकारले अहिले जाँचलाई तीब्रता दिएको छ । तर आरडिटी परीक्षण भरपर्दो नभएको कारण संक्रमितहरु पहिचान गर्न सकिएको छैन । कतिपय क्षेत्रमा संक्रमण समुदायस्तरसम्म पुगेकोले यो निकै बढी प्रसार भएको छ । अर्कोतर्फ भारतमा दुई तिहाई भन्दा बढीमा लक्षणरहित संक्रमण देखिएको छ । यसले गर्दा समेत संक्रमण व्यापक फैलिएको बताइन्छ ।

याे पनि पढ्नुस  भारतमा फेरि बढ्यो कोरोना

कमेन्ट गर्नुहोस्