पार्वतीको मूर्ति चोर्ने ताकमा रहन्छन् अविवाहित युवकहरु, प्रहरीले पनि केही गर्दैन, यो मन्दिरमा छ अनौठो परम्परा

राजस्थानको बुँदी जिल्लाको हिण्डोली गाउँमा एउटा अनौठो मन्दिर रहेको छ । त्यहाँ मूर्ति चोर्दा समेत प्रहरीले मुद्दा दर्ता गर्दैन ।
रामसागर ताल नजिक रहेको रघुनाथ घाटको मन्दिरबाट पार्वतीको मुर्ति चोर्ने अनौठौ परम्परा रहेको आजतकले जनाएको छ ।

कुनै युवाको विवाह हुन सकिरहेको छैन भने उसका लागि यो मूर्ति चोर्नु जरुरी मानिन्छ । त्यस्ता युवकले यो मन्दिरबाट राती चुपचाप मूर्ति चोर्ने गर्दछन् ।
मन्दिरमा महादेव शिवलिंगको छेउमै पार्वतीको मूर्ति स्थापित गरिएको छ । तर महादेव आफ्नो जोडीसँग भने कमै देखिन्छन् । किनभने मूर्ति चोर्ने दाउमा अविवाहितहरु सधैं रहेका हुन्छन् ।

याे पनि पढ्नुस  विवाहको ३ महिनापछि श्रीमान आफ्नै हजुरबुवा भएको थाहा भएपछि...

समाचार अनुसार, अहिले लकडाउनको बेला समेत पार्वतीको मूर्ति मन्दिरमा छैन । त्यसलाई कसैले चोरिसकेको छ । यसपाली अक्षय तृतीय जस्तो मुहुर्तमा पनि विवाह भएनन् । लकडाउन टुटेनन भने जुलाईबाट चार महिनासम्म मन्दिर बन्द हुनेछ । त्यसैले तत्कालै पार्वतीको मूर्ति फिर्ता हुने सम्भावना देखिन्न ।
मूर्ति चोर्ने दाउमा रहेकाहरुले यसपाली भने लामो लाइन लाग्नुपर्ने देखिन्छ ।
विवाह भएपछि भने मूर्ति फेरी फिर्ता गर्ने गरिन्छ ।

याे पनि पढ्नुस  खातामा सित्तैमा १ लाख बढी पैसा आएपछि खर्च गरे किनमेलमा, पछि भयो आपत

मूर्ति चोरेपछि अविवाहित युवकहरु घरमा नै पार्वतीको पुजना गर्दछन् । विवाहको वरदान माग्छन् । अनि विवाह भएपछि दुलहा दुलही दुबै मन्दिरमा राती आउँछन् र मूर्ति स्थापित गरेर फर्किन्छन् । तर पहिलादेखि नै ताकमा रहेका युवाहरु फेरी मूर्ति चोरेर लग्छन् । यो परम्परा वर्षौंदेखि चलिआएको छ ।

याे पनि पढ्नुस  रक्सीले मातेका ड्राइभरले के गरे यस्तो, सडकमा गुडिरहेको कार सिधै दुईतला माथि ठोक्किएपछि

विगत ३५ वर्षदेखि मन्दिरका पुजारी रामबाबु पराशरका अनुसार, अहिलेसम्म २० पटक भन्दा बढी मूर्ति चोरिएको छ । वर्षमा एक आध महिना मात्रै पार्वती मन्दिरमा रहने उनी बताउँछन् ।

कमेन्ट गर्नुहोस्