रक्सीमा कोरोना विशेष शुल्क, ७० प्रतिशत मूल्यवृद्धि

एजेन्सीः सोमबार बेलुका दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ ।

सोमबार देशव्यापी लकडाउनमा केही राहत दिइएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय लिएको थियो । त्यसपछि बेलुका नै कोरोना शुल्क लगाउने निर्णय गरिएको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’ ले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी
सोमबार रक्सीका पसल खोलिएपछि त्यहाँ किन्नका लागि निकै लामा लाइन भएका थिए र व्यवस्थित गर्न कैयौं ठाउँमा लाठीचार्ज गर्नुपरेको थियो ।

स्रोतलाई उद्धृत गर्दै पिटिआईले नयाँ मूल्य रक्सीको बोतलमा छापिएको एमआरपीमा लगाइने बताइएको छ जुन मंगलबारदेखि लागू हुनेछ ।

कोरोना भाइरसका कारण लगाइएको लकडाउनमा सरकारको निकै पैसा खर्च भइरहेको र यो कदमले सरकाले राजस्व पाउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारः

रक्सीका अगाडि हट्यो कोरोना त्रासः एक किलोमिटर लाइन, कैयन स्थानमा लाठीचार्ज (फोटोसहित)

कमेन्ट गर्नुहोस्