आज बार्सिलोनाका खेलाडीहरुको कोरोना परीक्षण हुँदै

काठमाडौंः जुन महिनाबाट स्पेनिस लिग सुरु गर्ने सम्भावना बलियो हुँदै गएको छ ।

लिगका तयारीका लागि क्लबहरुले आफ्ना खेलाडीहरुलाई अभ्यासका लागि बोलाइसकेका छन् । पछिल्लो रिपोर्ट अनुसार बार्सिलोनाले बुधबार आफ्ना सबै खेलाडीहरुको कोरोना भाइरस परीक्षण गर्ने बताएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले अभ्यासका लागि अनुमति दिएसँगै खेलाडीहरुको कोरोना परीक्षण गर्न लागिएको हो । कोरोना भाइरसको महामारी फैलिएपछि मार्चदेखि स्पेनिस लिग हुन सकेको छैन ।

याे पनि पढ्नुस  कोरोना संक्रमण नियन्त्रणका लागि सांसद साह र महतोको एक–एक कराेड दिने

सुरुमा खेलाडीहरुले व्यक्तिगत अभ्यास गर्नुपर्ने र कोरोना परीक्षण पास भएपछिमात्रै अन्य प्रक्रियामा जाने क्लबले जनाएको छ ।

स्पेनमा हालसम्म २५ हजार कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्