थप ६ जनाले जिते कोरोना, अस्पतालबाट गरियो डिस्चार्ज

काठमाडौंः कोशी अस्पतालमा उपचाररत ६ जना संक्रमित निको भएर आज घर गएका छन् ।

त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाको लगातार रिपोर्ट तेस्रो पटक नेगेटिभ आएपछि उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरूमा भारतीय नागरिक ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

याे पनि पढ्नुस  कोरोना ट्रेसिङमा सहयोग गर्दै यौनकर्मी, स्वास्थ्यमन्त्रीले गरे प्रशंसा

उनीहरूलाई वैशाख ५ र ६ गते उदयपुरबाट ल्याइएका थियो । उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भइरहेको छ । डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने फिजिसियन डा.दिपक सिग्देलले बताए ।

अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिँदै प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको लगातार नयाँ रेकर्ड

भारतीय नागरिकहरु भएका कारण पूर्ण रुपमा आराम भएपछि र बन्दाबन्दीको अवस्था अन्त्य भइसकेपछि मात्रै पठाइने मन्त्री घिमिरेको भनाई थियो ।

विराटनगर कोभिड–१९ मा भर्ना भएकामध्ये ६ जना डिस्चार्ज भएसँगै अझै २५ जना संक्रमित अस्पतालमा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिइन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड, ‘हट स्पट’ बन्दै

नेपालमा हालसम्म ८२ जनामा कोरोना देखिएको छ । आज ६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्