म त भाग्यमानी (गीत)

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

याे पनि पढ्नुस  फेरि राष्ट्रपति भेट्न गए प्रधानमन्त्री ओली

२४ फागुन २०७६
सीसीयू, टीयूटीएच

२०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दाेस्राेपटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा चाैथाे दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत । त्यसदिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा याे गीत डिस्चार्ज भएपछि मात्रै संझनाकाे आधारमा लिपिबद्ध गरेका थिए ।

कमेन्ट गर्नुहोस्