काठमाडौंः बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउँदै जेठ ५ गतेसम्म कायम गर्ने निर्णय गर्यो । तर लकडाउन केही खुकुलो बनाउँदै ४४ प्रकारका उद्योगलाई खोल्न दिइने जानकारी प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।
सरकारले खोल्न मिल्नेसँगै पूर्ण निषेधित क्षेत्र वा खोल्न नमिल्ने क्षेत्र पनि सार्वजनिक गरेको छ ।
लकडाउन अवधिमा निषेध गरिएका क्षेत्रः
१) विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था,
२) तालिम तथा प्रशिक्षेण केन्द्र, गैर खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थल, मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिक स्थलहरु तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरू,
३) त्यस्तै रंगशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन (जिम हल), नृत्य प्रशिक्षण, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लरहरू ,
४) राजमार्ग बाहेकका होटल, बार, रेस्टुँराहरू,
५) स्थानीय प्रशासनबाट सवारी पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनहरू,
६) १२ वर्षभन्दा मुनिका बालबालिका, असक्त, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा, ज्येष्ठ नागरिक, गर्भवती महिलाले हिँडडुल र घुमघाम,
७) आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, केबलकार र रेलसेवा संचालन ।
सम्बन्धित समाचारः