प्रधानमन्त्री ओलीद्वारा बुद्ध प्रतिमामा माल्यार्पण

काठमाडौंः भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटार निवास परिसरमा अवस्थित बुद्धको प्रतिमामा माल्यार्पण गरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि बुद्धको प्रतिमामा माल्यार्पण गरेकी छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र डिस्चार्ज गर्ने तयारी

त्यस्तै, बुद्धको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनाथमा दीप प्रज्वलन गरेकी छन्।

दीप प्रज्वलनका लागि राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन्। भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा २० मिनेटजति दीप प्रज्वलन गरेकी थिइन्।
सरकारले बुद्ध जयन्तीका अवसरमा बिहीबार साँझ सात बजे घर घरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ।

याे पनि पढ्नुस  मानिसले विज्ञानमा विश्वास गरेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धीः प्रधानमन्त्री

कमेन्ट गर्नुहोस्