वार्नरको आइपीएल प्लेइङ इलाभेनः को–कोले पाए मौका?

काठमाडौंः सनराइजर्स हैदरावादका कप्तान डेविड वार्नरले आफ्नो अल टाइम आइपीएल इलाभेन घोषणा गरेका छन् । उनले आफ्नो टिममा रोहित शर्मा, विराट कोहली, सुरेश रैना जस्ता भारतीय स्टारलाई समावेश गरेका छन् ।

यद्यपि वार्नरले आइपीएलमा सर्बाधिक सफल बलर लसिथ मलिंगालाई भने आफ्नो टिममा समावेश गराएका छैनन् । साथै उनले आइपीएलका अर्का सफल ब्याट्सम्यान शेन वाट्सनलाई पनि आफ्नो टिममा राखेका छैनन् । क्रिकबजका लागि हर्ष भोग्लेसँगको अन्तर्वार्तामा वार्नरले आफ्नो आइपीएल प्लेइङ ११ चयन गरेका हुन् ।

याे पनि पढ्नुस  वानडे सिरिजः भारतविरुद्ध वार्नरले पूरा गरे शानदार शतक

उनले प्लेइङ ११ मा आफू र रोहितलाई ओपनर ब्याट्सम्यानको रूपमा राखेका छन् । त्यस्तै, वार्नरले तेस्रो नम्बरमा बिराट कोहलीलाई मौका दिँदा चौथो स्थानमा सुरेश रैनालाई अवसर दिएका छन् ।

उनले पाँचौमा हार्दिक पाण्ड्या, छैठौँमा नम्बरमा ग्लेन म्याक्सेवलाई आफ्नो टिमका लागि चुनेका छन् । वार्नरले टिममा विकेटकीप/कप्तानको रूपमा महेन्द्रसिंह धोनीलाई लिएका छन् ।

याे पनि पढ्नुस  आइपीएलः दिल्लीले भित्र्यायो अर्का विदेशी बलर

बलरको कुरा गर्दा वार्नरले मिचेल स्टार्क, जसप्रीत बुमराह र आशिष नेहरालाई टोलीमा समावेश गरेका छन् । स्पिनरमा युजवेन्द्र चहल र कुलदीप यादवलाई मौका दिएका छन् ।

वार्नरले आफ्नो अलटाइम आइपीएल इलाभेनमा क्रिस गेल, एबी डिभिलियर्सलाई समावेश गरेका छैनन् ।

डेविड वार्नरको अलटाइम आइपीएल इलाभेनः रोहित शर्मा, डेविड वार्नर, विराट कोहली, सुरेश रैना, ग्लेन म्याक्सवेल, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी (विकेटकीपर), मिचेल स्टार्क, जसप्रीत बुमराह, आशिष नेहरा, कुलदीप यादव/युजवेन्द्र चहल ।

कमेन्ट गर्नुहोस्