राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  संघीय संसदको हिउँदे अधिवेशन अपराह्न ४ बजेः के छ कार्यसूची ?

आज अपराह्न ४ बजेदेखि सुरू हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्