प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहयोग

प्रचण्डसँग स्मिता ।

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले सहयोग गरेकी छन् ।

दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई शुक्रबार सहयोग गरेकी हुन् । गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत हजुरबुबा (प्रचण्ड)को वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी छन् ।

याे पनि पढ्नुस  नेकपा विवादको ‘बल’ माधव नेपालको कोर्टमा

 

सहारा घरलाई सहयोग हस्तान्तरण गरिँदै ।

उनले केही समय पहिले साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर दाहालले पठाएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताए ।

याे पनि पढ्नुस  ‘प्रचण्डको प्रस्ताव फिर्ता हुँदैन, हिम्मत भए फेस गर्ने नत्र ओलीले राजीनामा दिएको राम्रो’

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहेका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गरेकोमा प्रचण्ड नातिनी दाहाललाई धन्यवाद दिए । रासस

कमेन्ट गर्नुहोस्