जनताको आसु पुछ्दै सिन्धु ड्रागन ग्रुप

सिन्धुपाल्चोक ।कोरोना भाइरस (कोभिड–१९) को महामारीले महिनौंको लगडाउनका कारण अति बिपन्न परिवारको घरमा चुलो नबल्ने स्थिति सिर्जना भए पछि सिन्धु ड्रागन ग्रुपले अति बिपन्न सत्तरी घर-परिवारलाई इन्द्रावती गाउँ पालिकामा पुनः खाद्यान्न राहत बितरण गरेको छ।

बिश्व जगत कोरोना भाइरस(कोभिड-१९) को महामारीसग लडिरहेको र त्यसको असर नेपालमा समेत परिरहेको अबस्थालाइ मध्यनजर गर्दै काम बिहिन आम श्रमजीवी किसान,मजदुर “रोगले भन्दा पनि भोकले मर्ने स्थिति” सिर्जना भए पछि उक्त सिन्धु ड्रागन ग्रुपले यस अघि पनि इन्द्रावती गाउँ पालिकाका विभिन्न ठाउमा अति बिपन्न सय घर धुरिलाइ खाद्यान्न बितरण गरेको थियो।

याे पनि पढ्नुस  सबस्टेशनमा लागेको आगो नियन्त्रण, ३ करोड बढीको क्षति

राहत बितरण कार्यक्रमलाई एउटा अभियानकै रुपमा अघि बढाउदै सिन्धु ड्रागन ग्रुपले विभिन्न संघ संगठन एबम समाजसेवी,ब्यापारी लगाएत क्षेत्र सग सहकार्य गर्दै आइरहेको छ।उक्त कार्यक्रमलाई साथ दिदै समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याउदै आएको कानेपोखरी गा.पा वडा न.६,बामचोक मोरङ नेपाल हाल रोजगारको सिलसिलामा दक्षिण कोरिया रहेका युवा समुहद्वारा मुख्य सहयोगिको भुमिका खेलेको थियो।

याे पनि पढ्नुस  विद्यालय आसपासमा ‘जंगफुड’ किनबेचमा रोक

त्यसैगरी उक्त अभियानमा विभिन्न पेसा,ब्याबसायमा रहेका स्थानीय समाजसेवी साथै देश तथा बिदेशमा रोजगारका सिलसिलामा रहेका युवाहरुले समेत स्वैच्छिक रुपमा सहयोग गरेका उक्त सिन्धु ड्रागन ग्रुपका सामाजिक अभियान्ता प्रताप सिङ तामाङले उज्यालो नेटवर्कलाई जानकारी दिए।

कुराकानी कै क्रममा तामाङले भने जनताको सुख दुखमा साथ दिन पाउँदा हामी र हाम्रो टिम खुसी छ।
हाम्रो सानो प्रयासमा हातेमालो गर्दै दिन दुखीको चुलोमा आगो बाल्नकै निमित्त आफ्नो छाक काटेर आर्थिक सहयोग प्रदान गर्दै देश तथा बिदेशमा रहनु हुने आदरणीय सहयोगी मनहरु एबम संघ संगठन प्रती आभार ब्यक्त गर्दछौ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु

अन्तमा तामाङले निस्वार्थ समाजसेवामा जोडिन र सदैब बिपन्न गरिब जनताको पक्षमा उभिन सबैलाइ अनुरोध समेत गरे।

कमेन्ट गर्नुहोस्