अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुराः अप्राकृतिक मैथुन गरेको आरोपमा डडेल्धुरामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका–४ का विमल ओड रहेका छन् ।

स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

याे पनि पढ्नुस  मानव तस्करी गर्ने एक महिला पक्राउ

ओडले गत २६ पुष स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेका थिए ।

उनी अप्राकृतिक मैथुन गरेपछि फरार रहेका थिए । खोजतलास गर्दै गर्दा बिहीबार ओडलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्