भारतविरुद्व आक्रामक बन्यो विप्लवको विद्यार्थी संगठन, मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौंः अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शनिबार विज्ञप्ति जारी गरेर नेपालीभूमी मिचेर भारतले सडक निमाण गरिएकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपालीभूमी मिचेर चीनको सीमा मानसरोबर जोड्ने सडक निर्माण गरेर नांगो हस्तक्षेपलाई बढाएको बताए ।

याे पनि पढ्नुस  नेपालले पठाएको 'कूटनैतिक नोट'प्रति भारतको यस्तो प्रतिक्रिया

भारतले नेपालीभूमी मिचेर चीनसम्म जोड्ने सडक निर्माण गर्दा पनि नेपाली शासकहरुले चालै नपाएको बताउनु र नागरिक सडकमा आइसक्दा पनि सरकारले औपचारिकतामा सिमित भएको बिकले बताएका छन् । उनले समस्या साधानको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका राष्ट्रवादी मुकुण्डो च्यातिएको बताए ।

याे पनि पढ्नुस  भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने १० विद्यार्थी पक्राउ

यस्ता छन् आन्दोलनका कार्यक्रमहरूः
– बैशाख २७ (शनिबार)गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने

– बैशाख २८ गते लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने

– बैशाख २९ गते देशभक्त तथा राष्ट्रवादीहरु सहितको संयुक्त बिरोध प्रदर्शन

– बैशाख ३० गते मशाल जुलुस

याे पनि पढ्नुस  कल्याण अधिकारीको नेतृत्वमा अखिल क्रान्तिकारी दाङको ७५ सदस्यीय कार्यसमिति चयन

– बैशाख ३१ देखि भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालनमा प्रतिबन्ध लगाउने ।

कमेन्ट गर्नुहोस्