अमेरिकामा मृत्यु हुनेको संख्या फेरि ह्वात्तै घट्यो

काठमाडौंः अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) का कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

आइतबार बिहानसम्म त्यहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ ।

शनिबार मात्रै त्यहाँ कोरोना भाइरसका कारण १ हजार ४२२ जनाको मृत्यु भएको छ भने २५ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

अमेरिकामा संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेको छ । अमेरिकामा मृत्यु संख्या ह्वात्तै घट्ने र ह्वात्तै बढ्ने भइरहेको छ । शनिबार पनि त्यहाँ मृत्यु हुनेको संख्या निकै कमी आएको देखिन्छ ।

गत सोमबार र आइतबार पनि मृत्यु हुनेको संख्या घटेर निकै तल आएको थियो । तर मंगलबारदेखि शुक्रबारसम्म फेरी ह्वात्तै बढेको थियो ।

याे पनि पढ्नुस  कोरोना भाइरस नियन्त्रणका लागि प्रयास गरेको भन्दै ट्रम्पले दिए सीलाई धन्यवाद

अमेरिकामा आइतबार कोरोनाका कारण १ हजार १५३ को मृत्यु भएको थियो भने सोमबार १ हजार ३२४ जनाको मृत्यु भएको थियो । तर फेरि मंगलबार, बुधबार, बिहीबार र शुक्रबार दैनिक मृत्युसंख्या दोब्बरले बढेको थियो ।

कुल संक्रमितमध्ये २ लाख ३८ हजार ७८ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् भने १६ हजार ८१६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

याे पनि पढ्नुस  कोराना भाइरस विरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

सबैभन्दा बढी प्रभावित न्यूयोर्क र अर्को बढी प्रभावित राज्य न्यूजर्सी छ ।

कमेन्ट गर्नुहोस्