एजेन्सीः पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।
उनले कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्ने राष्ट्रपति ट्रम्पको अडानको कडा आलोचना गरेका हुन् ।
एक निजी कुराकानीमा उनले भने कि अमेरिकाले यो महामारीको साथ गर्ने व्यवहार पूर्ण रूपमा ‘अराजक–विपत्ति’ स्थिति हो ।’
यस वार्तालापको अवधिमा पूर्व राष्ट्रपति ओबामाले भनेका छन्, ‘नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बिडेनलाई समर्थन गरेर उनी ठूलो भूमिका खेल्न चाहन्छन ।’
एक सीएनएन रिपोर्टअनुसार उनले यो बिडेनको लागि अभियान गर्न आफ्ना पहिलेका कर्मचारीहरुलाई प्रोत्साहित गर्न भनेका थिए ।