चलचित्र ‘कोपिला’ डिसहोममा प्रर्दशन हुने

काठमाडौंः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानलमार्फत् प्रर्दशनमा आउने भएको छ ।

दर्शकहरूले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत् हेर्न पाउने भएका हुन् । वैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरूले घरमै बसेर आफ्नो समयअनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाइरसको कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत् चलचित्र प्रर्दशन गराउन लागिएकाे बताए ।

चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौडामा विशेष शो मार्फत् आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरीसकेको चलचित्रका निर्माता मणिराज गौतमले बताए । साथै, चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मलाको परिवारलाई प्रदान गगिने निर्माता गौतमले बताए ।

याे पनि पढ्नुस  डिसहोमको सिनेमाघर च्यानलमा चलचित्र ‘छिरिङ’ हेर्न सकिने

चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए । गणेश गिरीको प्रस्तुति रहेको कोपिलालाई सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् ।

याे पनि पढ्नुस  डिसहोम अब मोबाइलमा हेर्न मिल्ने

चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।

कमेन्ट गर्नुहोस्