केही सोच देशको निम्ति आफ्नो जीवन छँदै

जिन्दगी एक खाली पानाको कपि जस्तो भयो
भर्नेलाई त ठिकै छ नभर्नेलाई साह्रै सस्तो भयो !!
कोहीलाई हर्ष कोहीलाई चिन्ता हुने रैछ सधैं
केही सोच देशको निम्ति आफ्नो जीवन छँदै !!

जीवनको अनुपम उपहारलाई सङ्गालेर राख्नु
चिन्ता हैन चिन्तन गर मातृभूमि अङ्गालेर राख्नू !!
सबै ठीक छ सोच, विचार अब काम गरि देखाउ
यही देशको पौरख योद्दा भनी नाम अब लेखाउ !!

याे पनि पढ्नुस  ‘बनाइदेउ स्वदेशमा नै विकल्पको खोजी’

सोच अब देशको लागि चिन्तन मनन गर
देश विकासको अग्रसरमा सधैं अघिघि सर !!
दिन दुःखी, गरिबहरूको पीडा निर्मूल पार्न हिँन
देश अवस्य नै बन्छ लाग्ला केही समय दिन !!

धैरे गर अब तिम्रो विश्वास टुट्ने छैन कैले
संघर्ष नै अनुपम उपहार हो भन्ने गर्छु मैले !!

याे पनि पढ्नुस  ‘बनाइदेउ स्वदेशमा नै विकल्पको खोजी’

सपनाको संसार साकार हुछ अब तिम्ले सोक्यौ
देश विकासको निम्ति तिम्ले राम्रो बाटो रोज्यौ !!

सबले चिन्छन् अब हामीलाई नेपाली हुन भनी
देश विकासमा अग्रसर हौँ समाजसेवी बनी !!

झुक्ने छैन नेपालीको शीर अब ठाडो पारी हिनम
विश्वले नै थाहा पाउछ्न् अब गोर्खाली भनी चिनाम !!

याे पनि पढ्नुस  ‘बनाइदेउ स्वदेशमा नै विकल्पको खोजी’

सन्जित कडेल, काठमाडौं

कमेन्ट गर्नुहोस्