एक अध्ययनको निष्कर्षः भिटामिन ‘डी’ को कमी भएकामा कोरोनाको संक्रमण र मृत्युदर बढी

काठमाडौंः बेलायतका अनुसन्धानकर्ताहरूले यूरोपका २० देशहरूमा भिटामिन ‘डी’ कम भएकाहरुमा कोभिड-१९को सङ्क्रमण र मृत्युदर बढी भएको निष्कर्ष निकालेका छन् ।

यसअघिका अनुसन्धानहरूले भिटामिन ‘डी’ को कमीले श्वासनलीको सङ्क्रमण हने देखाएका थिए । अनुसन्धान कार्यका प्रमुख बेलायतको अञ्जिला रस्किन विश्वविद्यालयका डा. ली स्मिथले भने, ‘हामीले यूरोपका २० राष्ट्रहरुमा भिटामिन डी को औसत लेबल र कोभिड १९ सङ्क्रमण तथा मृत्युदरमा सम्बन्ध रहेको पाएका छौँ ।’

अनुसन्धाताहरूका अनुसार भिटामिन ‘डी’ ले श्वेत रक्त कोषहरुलाई शरीरका अंग धेरै सुन्निन मदत गर्नेै साइटोकिन उत्पादन गर्न रोक लगाउने काम गर्छ । कोभिड १९ भाइरसले शरीरका अंग धेरै सुन्निन मदत गर्ने साइटोकिनहरु अत्यधिक मात्रामा निकालिदिन्छ ।

याे पनि पढ्नुस  आफ्नो नागरिक फिर्ता लैजान नखोजेपछि यूएईद्वारा कडा कदम चाल्ने संकेत

इटली र स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या अध्यधिक रह्यो र भर्खरै एजि क्लिनिकल एण्ड एक्पेरिमेण्टल रिसर्च नामक जर्नलमा प्रकाशित भएको तथ्यअनुसार दुवै देशका मानिसमा उत्तरी यूरोपमा अरु देशभन्दा भिटामिन डीको औसत मात्रा कम रहेको पाइएको छ ।

यी देशका प्राय वृद्धवृद्धाले छालामा समस्या आउने डरले राम्ररी घाममा नबस्ने तथा मानिसहरु गोरा भएका कारण छालामा गोरोपनको लागि पनि शरीरको भिटामिन प्रयोग हुने भएकोले पनि भिटामिन डी को कमी भएको हुनसक्ने अध्ययनमा उल्लेख छ ।

मछाको तेल र भिटामिनका गोली भिटामिन प्रशस्त प्रयोग गर्ने तथा घामलाई कमै बेवास्ता गर्ने भएकाले भिटामिन डी को सर्वाधिक औसत मात्रा उत्तरी यूरोपमा पाइने गर्दछ । यूरोपका देशहरुमध्ये स्क्याण्डिनेभिएन राष्ट्रहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्यु दर सबैभन्दा कम छ ।

याे पनि पढ्नुस  स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना

स्मिथ भन्छन्, ‘भिटामिन डी ले श्वासप्रश्वासको सङ्क्रमणबाट जोगाउँछ, त्यसैले भिटामिन डी को कमी हुने उमेर समूहका वृद्धवृद्धालाई कोभिड-१९ ले नराम्ररी सङ्क्रमित गरेको छ ।’

यसअघि गरिएको अध्ययनअनुसार विशेषगरी अस्पताल वा केयर होमजस्ता संस्थामा रहेका वृद्धवृद्धाामा भिटामिन डी को कमी भएको पाइएको छ ।

स्मिथले अगाडि थपे, ‘हामी कोभिड १९ बाट विभिन्न चरणको सङ्क्रमण भएका व्यक्तिहरुमा भिटामिन डी को मात्रा के कस्तो छ त्यसको विस्तृत अध्ययन गर्न सुझाउँछौँ ।’

याे पनि पढ्नुस  कोरोना संक्रमण रोकथाम कोषः सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

यसै सम्बन्धमा क्वीन एलिजावेथ हस्पिटलको किंग्स एनएचएस फाउण्डेशन टस्टको युरोलोजी विभाग प्रमुख पेत्रे क्रिश्टियन इलाईले भने, ‘हाम्रो अध्ययनमा थुप्रै सीमा भने छ किनकि प्रत्येक देशका सङ्क्रमितको संख्या परीक्षण गरिएको कुल संख्यामा आधारित छ भने विभिन्न देशले सङ्क्रमण फैलिन नदिन विभिन्न खाले उपायहरु अपनाएका छन् ।’

न्युट्रीएण्ट्स नामक जर्नलमा अघिल्लो महिना छापिएको लेख अनुसार भिटामिन सी, डी र अन्य पोषक तत्व भएका खानेकुरा वा औषधीका गोलीहरु रोग प्रतिरोधात्मक क्षमता बढाएर कोभिड १९ तथा अन्य श्वासप्रश्वासजन्य रोगहरुसँग लड्न मदत पुर्‍याउने कम खर्चिलो तरिका भएकोले अनुसरण गर्न सुझाइएको छ । उज्यालाे अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्