अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे दिवेश पोखरेल

काठमाडौंः नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र परेका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उनी उत्कृष्ट सातमा पर्न सफल भएका हुन् । आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा ‘आर्थन गन’ को नामले प्रतिस्पर्धा गर्दै आएका छन् ।

याे पनि पढ्नुस  दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र ’द लिटल मर्मेड’ को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको ’किस द गर्ल बोल’ को गीत गाएका थिए ।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए ।

याे पनि पढ्नुस  काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ मा छानिए

सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । उनी ६ वर्षअघि अमेरिका गएका हुन् । काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

कमेन्ट गर्नुहोस्