‘खुकुरी तयार पारौँ देश बेचुवाका लागि’

 गजल

तिमी छाती पिटी रहन्छौ सत्ताका लागि
कहिल्यै पिटेनौ छाती सिमानाका लागि ।

मुटु छेडी जान्छ कसैको रेलगाडी सधैं
झनै सहज बन्यो तिम्रो यात्राका लागि ।

चुपचाप बसिरहनु खाइरहनु खेलिरहनु
बाँचुन्जेल सिमा बेचिरहनु गुजाराका लागि ।

सधै चिच्याइरहने एक सत्ताधारी अचेल
एक शब्द बोल्दैन आफ्नै आमाका लागि ।

याे पनि पढ्नुस  गजलः विचित्रको रहेछ भोले तिम्रो लिला

यो ‘निर्दोष’को मनले जहिल्यै भनिरहन्छ ,
खुकुरी तयार पारौँ देश बेचुवाका लागि ।

निर्दोष महता ‘जय’
धनगढी, कैलाली

कमेन्ट गर्नुहोस्