कपिलवस्तुमा स्टाफ नर्सलाई पनि देखियो कोरोना

रुपन्देहीः कपिलवस्तुमा एक स्टाफ नर्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण देखिएका कपिलवस्तुका ८ मध्ये जिल्ला अस्पताल तौलिहवामा कार्यरत २५ वर्षीया स्टाफ नर्सलाई पनि कोरोना पुष्टि भएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

याे पनि पढ्नुस  मंगलबार काठमाडौं उपत्यकामा थपिए ३८९३ संक्रमित, अन्य कुन जिल्लामा कति ?

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना देखिएको हो ।

संक्रमण पुष्टिपछि अस्पतालका अन्य कर्मचारीको परीक्षण गर्ने तयारी भइरहेको सहायक प्रजिअ नेपालीले बताए ।

कपिलवस्तुमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । उनीहरू १९ देखि ३६ वर्षसम्मका छन् ।

याे पनि पढ्नुस  लकडाउन अन्त्य भएपछि प्रशिक्षणको तयारीमा जुट्यो एन्फा

आजै थपिएका रुपन्देहीका ९ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् ।

कमेन्ट गर्नुहोस्