१५ वर्षपछि माईक टाइसनद्वारा बक्सिङ खेल्ने घोषणा

काठमाडौंः विश्वका प्रख्यात बक्सर माइक टाइसनले फेरी बक्सिङमा फर्किने घोषणा गरेका छन् । कोरोनाले विश्व नै आक्रान्त भएको बेला सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै टाइसनले बक्सिङको रिङमा फर्किने घोषणा गरेका हुन ।

८० को दशकमा बक्सिङ दुनियाँका बादशाहका रुपमा चिनिएका हेभिवेट बक्सर टाइसनले इन्स्टाग्राममा भिडियो शेयर गरेका छन् । ५३ वर्षीय टाइसन उक्त भिडियोमा अभ्यास गरिरहेको देखिन्छ ।

याे पनि पढ्नुस  कोरोना कहरः कहाँ कतिको मृत्यु ? (सूचीसहित)

टाइसनले सुकुम्बासी तथा घरबारबिहिन मानिसहरुको सहायताका लागि बक्सिङमा फर्किन खोजेका हुन । च्यारिटीका लागि खेल्ने खेलबाट आउने पैसा उनले सामाजिक काममा लगाउने बताएका छन् ।

उनले आफ्नो अन्तिम खेल सन् २००५ मा केभिन माइकब्राइडविरुद्ध खेलेका थिए । हारसँगै उनले २० वर्ष लामो आफ्नो क्यारिअरको अन्त्य गरेका थिए ।

याे पनि पढ्नुस  चीनमा फेरि कोरोना संक्रमिण देखिने क्रम बढ्यो, देखिँदैन लक्षण

माइक टाइसनको नाम बक्सिङको संसारमा निकै सम्मानजनक रुपमा लिइन्छ । उनले कुल ५८ वटा खेलमा ५० वटा जीत हासिल गरेका थिए । यसमा ४४ वटा नकआउट जीतसमेत रहेका छन् । ६ मा भने उनी हारेका थिए । २ वटा प्रतिष्पर्धा उनले खेलेनन् ।

टाइसनको क्यारिअर सधै विवादित नै रहँदै आयो । क्यारिअरको अन्तिम दिनहरुमा बिरोधीलाई परास्त गर्नै उनले रिङमा जे पायो त्यही दाउपेच खेल्न थालेका थिए ।

याे पनि पढ्नुस  ‘केही दिनमै डिस्चार्ज हुँदैछन् टेकुमा उपचाररत कोरोना संक्रमित’

विवादमा रहेपनि उनी अल टाइम ग्रेट बक्सरका रुपमा चिनिन्छिन् । उनले १९८६ मा २० वर्षको उमेरमा ट्रेवर बेबरिकको रेकर्ड तोड्दै संसारको सबैभन्दा युवा हेभिवेट च्याम्यिन हुने रेकर्ड बनाएका थिए । यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्