अनलाइन डान्स क्लासबाटै यी अभिनेत्रीले कमाइन् ५ करोड

बलिउड अभिनेत्री उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट ५ करोड रुपैयाँ कमाएकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी थिइन् । कोरोना संक्रमितहरुको सहयोगका लागि उनले यो काम सुरु गरेकी हुन् । यसमा करिब १८ करोड मानिसहरु जोडिएका थिए । जसबाट उनले ५ करोड रुपैयाँ आम्दानी गरेकी थिइन् ।

उर्वशीले अनलाइनको माध्यमबाट जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन् । उर्वशीले, डान्स क्लासबाट उठेको रकम क्राई फाउन्डेशन र स्वेदश फाउन्डेशनलाई सहयोग गरेकी छिन् । यी दुबै संस्थाले कोरोना संक्रमणको समयमा अघिल्लो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि काम गरिरहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्