रातो गुलाब लिएर जाउ

ए विस्तारवाद
ए साम्राज्यवाद
सुन

न्याय, समानता र स्वतन्त्रताको
अविचलित यात्रामा

देशप्रेमको मदहोशीमा
व्यक्तिगत जिवनको वेवास्तामा

प्रेम जीवनको लापारवाहीमा
मनका मान्छेहरूले नलिई
छोडेर गएका
उनको सम्झनामा सधैं झस्काई रहने

हामी युवाहरू सङ्ग गुमाउन बचेका
केहि थान राता गुलाबहरू छ्न्

याे पनि पढ्नुस  पत्रकार शाहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

ति सबै लिएर जाउ
मात्रै
त्यो सिमानाको माटो छोडिदेउ,

त्यो माटो नै त छ
प्रेम गर्न
हामीसङ्ग बचेको !

तसर्थ
कुरा रातो गुलाब ले नै मिलाऔं
अन्यथा
कुरा रातो रगतको त हुने नै भयो !

–विरेन्द्र शाह

कमेन्ट गर्नुहोस्