बिहीबार बिहानै थप २ जनामा कोरोना देखियो

काठमाडौंः नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा काठमाडौं र कपिलवस्तुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा किन कम देखिएको छ कोरोना संक्रमण?

मन्त्रालयका अनुसार उनीहरूको अवस्था अहिले सामान्य रहेको छ ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या २ सय ४५ पुगेको छ भने ३५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्