अमेरिकामा कोरोना संक्रमित र मृतक संख्या फेरि बढ्दै

काठमाडौंः अमेरिकामा कोरोना भाइरस संक्रमित र मृतकको दर पुरानै अवस्थामा फर्किन थालेको छ ।

यो हप्ताको शुरूका दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमि आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका छन् ।

विश्वभर ४५ लाख २४ हजार भन्दा बढी संक्रमित हुँदा अमेरिकामा मात्रै १४ लाख ५७ हजार बढी संक्रमित भएका छन् । बिहीबार २७ हजार बढी जना नयाँ संक्रमित थपिए ।

याे पनि पढ्नुस  गर्भवती महिलाले सारिन् एकै अस्पतालका ३२ स्वास्थ्यकर्मीमा कोरोना

यो संख्या बुधबार २१ हजार ३९८ जना र मंगलबार २२ हजार ३२१ जना थपिएका थिए ।

मृतकको संख्या ८६ हजार ९१२ पुगेको छ । नयाँ मृतक २४ घण्टामा बिहीबार १ हजार ७१५ जना थपिएका छन् । बुधबार १ हजार ७५७ जना थपिएका थिए । मंगलबार १ हजार ५८२ रहेको थियो ।

याे पनि पढ्नुस  ज्योतिषशास्त्रमा २०७७: कोरोना बैशाखको प्रारम्भबाटै शान्त हुने (वार्षिक राशिफलसहित)

निको हुनेको संख्या ३ लाख १८ हजार २७ पुगेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ५३ हजार ९६ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ४२६ पुगेको छ ।

न्यूजर्सीमा १ लाख ४३ हजार ८११ जना संक्रमित हुँदा ९ हजार ९४६ जनाको ज्यान गएको छ ।

थपिएका नयाँ मृतक सबैभन्दा बढी न्यूजर्सीमा २१९ जना हुन् । संक्रमित २४ घण्टामा सबैभन्दा बढी इलिओनिसमा ३ हजार २३९ जना रहेका छन् ।

याे पनि पढ्नुस  कोरोना जित्दै संक्रमित, १० लाख फर्किए घर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । तर उनले यसको दोष भने चीनलाई दिएका छन् ।

उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्