भोजले आलोचित भएपछि रवि, दीपक र पूजाले दिए यस्तो जवाफ

काठमाडौः बिवाद र आलोचित भएपछि सञ्चारकर्मी रवि लामिछाने, नायिका पुजा शर्मा र अभिनेता तथा निर्माता दिपक राज गिरिले आ–आफ्नो तर्फबाट स्पष्टिकरण दिएका छन् ।

सामाजिक सञ्जालबाट भाइरल भएपछि उनीहरुले स्टाटस आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राख्दै सो घटनाबारे प्रष्ट पारेका हुन् । लकडाउनमा बजार निस्केको भन्दै पत्रकार रवि लामिछानेसहित अन्य कलाकारको आलोचना भइरहेको छ ।

सो विवादमा रवि लामिछानेसहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर, युट्युवर उत्सव रसाईलीलगायत मुछिएका छन् ।

आज म लेख्दैछू …लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै…

Posted by Deepak Raj Giree on Wednesday, May 13, 2020

खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग…

Posted by Rabi Lamichhane on Wednesday, May 13, 2020

राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के.सी दाइ, दिपक दाइ, दिपा…

Posted by Xantripto Pooja Sharma on Wednesday, May 13, 2020

सार्वजनिक भिडियोमा कुनै घरमा भेला भएर मस्ती तथा बिभिन्न परिकारहरू बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ ।

याे पनि पढ्नुस  रवि लामिछाने विरुद्ध ठगी र चेक बाउन्सको मुद्दा लगाउने ईशाको तयारी

सम्बन्धित समाचारः

लकडाउन उल्लंघन गर्दै रवि लामिछानेसहित चर्चित कलाकारको पार्टी, सामाजिक सञ्जालमा चर्को आलोचना

कमेन्ट गर्नुहोस्