कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिन्यो

काठमाडौंः कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिनेको छ । पछिल्लो तथ्याङकअनुसार भारतमा संक्रमितको संख्या ८३ हजार ७२ पुगेको छ । चीनमा भने संक्रमित ८२ हजार ९ सय ३३ छन् ।

मृतक संख्या भने चीनमा नै बढी छ । चीनमा ६ हजार ६ सय ३३ जनाको मृत्यु हुँदा भारतमा मृतक संख्या २ हजार ६ सय ६२ पुगेको छ ।

चीनमा पछिल्लो दिनमा नयाँ संक्रमण निकै न्यून देखिएको छ । भारतमा बिहिबारका दिन ३ हजार ९ सय ४० जनामा संक्रमण देखिएको थियो भने चीनमा भने ४ जना नयाँ संक्रमित थपिएका थिए ।

शुक्रबार साँझ ८ बजेसम्मको तथ्याङकअनुसार भारतमा १ हजार ७५ संक्रमित फेला परेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । तर, चीनमा भने ४ जना मात्रै संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  भारतका सरकारी कलेजले दिएनन् नेपाली विद्यार्थीर्ला निर्वाह भत्ता

भारतमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । अप्रिल महिनासँगै एकदमै उच्च गतिमा प्रसार भएको संक्रमण मे महिनामा झनै फैलिएको हो । पछिल्लो दिनहरुमा प्रतिदिन ३५ सय भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिइरहेको छ ।

चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसले विश्वव्यापी प्रसार भएसँगै सबै देशमा यसको संक्रमण देखिएको छ । एशियामा भने सबैभन्दा धेरै संक्रमण इरानमा देखिएको छ ।

भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रपछि तमिलनाडु, गुजरात, दिल्ली, राजस्थानमा संक्रमण उच्च गतिमा बढिरहेको छ ।

याे पनि पढ्नुस  नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

भारतले संक्रमण रोक्न लकडाउनको घोषणा गर्दै जाँचमा तीब्रता दिएपनि संक्रमण फैलिनबाट रोकिएको छैन । लकडाउनका कारण असंगठित क्षेत्रका मजदूरहरुलाई ठूलो समस्या परेपछि सरकारले विशेष रेलमार्फत उनीहरुलाई घर पुर्याउने व्यवस्था भने गरेको छ ।

कतिपय मजदूर भने सयौं किलोमिटर पैदल नै हिंडेर घरतर्फ लागेका छन् । पैदल नै हिंडने क्रममा बिभिन्न स्थानमा ३० जना मजदूरको रेल र गाडीले कुल्चेर मृत्यु भएको छ ।

भारतको नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल लगायतका जिल्लामा पनि संक्रमण उच्च देखिएको छ । उत्तराखण्डसँग जोडिएका जिल्लामा भने अहिलेसम्म एकजना पनि संक्रमित देखिएका छैनन् ।

याे पनि पढ्नुस  बागलुङका कोरोना संक्रमित भन्छन्, ‘अबको रिपोर्ट नेगेटिभ आउँछ होला, अनि घर फर्किन्छौं’

यसैबीच भारतले श्रमिक तथा आर्थिक क्षेत्रलाई लक्षित गरेर इतिहासकै ठूलो राहत प्याकेजको घोषणा गरेको छ । यद्यपी यो प्याकेजले मजदूर वर्गलाई भन्दा व्यापारीलाई बढी लाभ पुर्याउने भन्दै आलोचना समेत भइरहेको छ ।

संसारमा अमेरिकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ । भारत भने उच्च संक्रमण हुने ११ औं देश बनेको छ । पछिल्लो एक साताको संक्रमण दर हेर्ने हो भने भारत एशियामा उच्च संक्रमण हुने पहिलो देश हुने अनुमान समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्