१५ दिन कर्फ्यूजस्तै लकडाउन अनि मात्र खुकुलो गरौँ

विगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो । यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरू नेपाल पसेका छन् । त्यस्तै कमजोर सुरक्षा एवं‌ योजनाबिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरू काठमाडौं लगायतका शहरमा आएका छन् ।

डा. रवीन्द्र पाण्डे

लकडाउनले सुरक्षित भएका शहरमा खुकुलोपनको फाइदा लिँदै धेरै व्यक्तिको आवतजावत बढ्न गयो । यसले गर्दा संक्रमितहरू शहरका कुनाकुनामा पुगे । घना जनसंख्या भएका क्षेत्रमा परीक्षणको संख्या दयनीय छ ।

 

४० लाख जनसंख्या भएको काठमाडौं उपत्याकामा ४ हजारको पनि पीसीआर परीक्षण भएको छैन । त्यस्तै देशभर Random Sampling को आधारमा एक लाख जनाको पीसीआर परीक्षण भएको भए संक्रमणको अवस्था थाहा हुन्थ्यो । स्वास्थ्य मन्त्रालयको योजनाविहिन नीतिको कारण कोरोना नियन्त्रणको प्रभावशाली काम हुन सकेको छैन |

देशले लामो समय लकडाउन खेप्न सक्दैन । यो १५ दिन कर्फ्यूस्तरको लकडाउन गर्ने हो भने संक्रमित जहाँ छन्, त्यहीँ रहने छन् । यो १५ दिन सरकारले परीक्षणको दायरा व्यापक बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने अवसर हुनेछ । त्यस्तै परीक्षणबाट छुटेका घरभित्र रहँदा उनीहरूलाई या त आफैँ निको हुनेछ वा बिरामी भएर अस्पताल जाने छन् । उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ ।अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने भएकोले धेरैलाई सार्न सक्ने छैनन् ।

याे पनि पढ्नुस  फेरि लकडाउन लम्ब्याउँदै सरकार, केही जिल्लामा ढाँचा परिवर्तन हुने

यो १५ दिनमा सिमाना १००% सिल गर्न सुरक्षाकर्मी थप्ने, स्थानीयसँग मिलेर २४ सैँ घण्टा गस्ती गर्ने तथा संक्रमित क्षेत्र सिल गर्ने गरेमा संक्रमण आयात हुन पाउँदैन । यति गर्न सक्यौँ भने जेठ २० गतेपछि लकडाउनलाई विस्तारै पर्ख र हेर नीतिअनुसार खोल्न सकिन्छ । लकडाउन सुरक्षित रुपमा खुकुलो बनाउनको लागि भिजन भएका बिज्ञसँग सल्लाह लिएर सरकारले विभिन्न चरण प्रकाशित गरेर आम समुदायमा छलफल गराउन सक्दछ । यदि लकडाउन पहिलेजस्तै खुकुलो भयो भने यसको कुनै अर्थ हुँदैन ।

याे पनि पढ्नुस  मलेसियामा थप ९ नेपालीमा कोरोना संक्रमण

लकडाउन असिमित समयको लागि गर्न असम्भव छ । लकडाउनले लाखौँको रोजीरोटी गुमिरहेको छ । देशको अर्थतन्त्र चौपट भएको छ । सरकारले जेठ २० सम्म कर्फ्यूस्तरको लकडाउन गर्यो भने त्यसपछि सुरक्षित भएर काम गर्ने बातावरण बनाउन सकिन्छ ।

जस्तै : अनिवार्य रुपमा मास्क/ चस्मा/पन्जा लगाउने, ६ फिटको भौतिक दूरी कायम गर्ने, ३ जनाभन्दा धेरै संगै हिंड्न नपाउने, चहलपहल हुने बिहानबेलुकाको समयमा बजार नखोल्ने अर्थात् दिउसो खोल्ने, तरकारी बजार तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने, स्थानीय पसलमा तरकारी/फलफूल बिक्रि गर्ने व्यवस्था मिलाउने, मजदुरलाई अनिवार्यरुपमा आवासिय राखेर कलकारखाना चलाउने, कृषि सामग्री पसल खोल्ने, निजी अस्पताललाई फूलफेजमा खोल्ने, निजी सवारीसाधनलाई जोर/बिजोरको आधारमा चलाउने, २५ % कर्मचारीले कार्यालय चलाउने, साझाबस लगायतका ठूला सवारीसाधनलाई दूरी कायम गरेर चलाउने आदि गर्न सकिन्छ ।

याे पनि पढ्नुस  काेराेनाकाे उच्च जोखिममा काठमाडौं उपत्यका

न्यून आय भएका व्यक्तिलाई वैज्ञानिक आधारमा राहत दिने, रोजगारी गुमेका व्यक्तिलाई रोजगारमा पुनर्थापना गर्ने लगायतका कामलाई प्राथमिकतामा राख्न सकिन्छ । फजुल खर्च रोक्ने, १ रूपैयाँ भ्रष्टाचार गरे वा कमिसनमा काम गरे सिधै जेल हाल्ने, ठूला भ्रष्टाचारीको अर्बाैँ स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने लगायतका काम गर्न नयाँ प्रणाली स्थापना गर्नु जरुरी छ ।

यो महामारीलाई लुट्ने अवसर बनाएका धेरै घटना बाहिर आएका छन्, त्यसलाई अख्तियारले द्रुत गतिमा छानविन तथा कारवाही गर्न सिफारिस गर्ने कदम अघि बढाउने हो भने सुशासन कायम गर्ने यो ठूलो अवसर हो ।

कमेन्ट गर्नुहोस्