आरडीटी पोजिटिभ देखिएका महानगरका कर्मचारीको पीसीआर रिपोर्ट आयो

काठमाडौंः काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको रिपोर्ट आएको छ ।

महानरपालिकाले शनिबार इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९ सय ३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो ।

याे पनि पढ्नुस  थप ३ जनामा देखियो कोरोना

९ सय ३४ मध्ये ६ सय ६४ जनाको आरडीटी र २७० जनाको पीसीर विधिबाट परीक्षण गरिएको थियो । आरडीटी परीक्षण गरिएका ६ सय ६४ जनामध्ये ३ जना महिला स्वास्थ्य स्वयमसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो ।

याे पनि पढ्नुस  नेपालमा थप ३० जनामा देखियो कोरोना

परीक्षणबाट एन्टिबडी पोजिटिभ देखिएका सबैको (थ्रोट स्वाब) पीसीआर परीक्षण गरेर थप परीक्षण गरिएको थियो । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले अनुसार शनिबार बेलुका आएको पीसीआरको नतिजा नेगेटिभ देखिएको बताए ।

कमेन्ट गर्नुहोस्