अभिनेता मनमीत ग्रेवालद्वारा आत्महत्या

सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरेका छन् । ३२ वर्षीय मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् ।

उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए ।

याे पनि पढ्नुस  पूर्व नासुद्वारा आठौं तलबाट हामफालेर आत्महत्या

स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए ।

एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्