बस र ट्रक ठोक्किँदा गाउँ फर्किंदै गरेका २५ मजदूर घाइते

नयाँ दिल्ली । भारतमा कोरोना प्रकोपबाट जोगिन घर फर्किरहेका मजदूरहरुमाथि एकपछि अर्को बज्रपात हुने क्रमले निरन्तरता पाएको छ ।

यसअघि घर फर्किरहेका पाँच दर्जन भन्दा बढी मजदूर सडक दुर्घटनामा निधन भएका छन् ।

भास्कर दैनिकका अनुसार, पछिल्लो घटनामा मजदूर लिएर उत्तर प्रदेश गइरहेको बस सडक किनार रोकिएको एउटा ट्रकसँग ठोक्किँदा २५ जना मजदूर घाइते भएका छन् । घटनामा चालकसहित ८ महिला, ५ बच्चा समेत रहेका छन् । दुई महिनाको बालिकालाई अस्पताल भर्ना गरिएको छ ।

याे पनि पढ्नुस  बस र स्कूल भ्यान ठोक्किँदा ७ बालबालिकासहित ८ को मृत्यु

घटना आइतबार बिहान भएको थियो । बसको चालकलाई निन्द्रा आइरहेको कारण बसको गति भने तीब्र थिएन । त्यसैले ज्यानको क्षति हुनबाट जोगिएको एक मजदूरले बताएका छन् ।
घटना जबलपुरदेखि उत्तर प्रदेशको बाटोमा पर्ने सतनाको अमरपाटन क्षेत्रमा भएको थियो ।

कमेन्ट गर्नुहोस्