यी हुन उच्चस्तरीय समन्वय समितिले गरेका निर्णय (सूचीसहित)

काठमाडौंः कोराना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

याे पनि पढ्नुस  भुटानमा पहिलो पटक लकडाउन घोषणा

साथै उच्चस्तरीय समन्वय समितिले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ ।

याे पनि पढ्नुस  यी हुन् लकडाउन अवधिमा निषेध गरिएका क्षेत्र (सूचीसहित)

यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन क्वारेन्टाइनमा राख्नपुर्ने समितिको निष्कर्ष छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

क्वारेन्टाइनलाई अझै व्वयस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने समेत निर्णय भएको उनले बताए ।

याे पनि पढ्नुस  को हुन् बिहीबार साँझ थपिएका कोरोना संक्रमित ?

कमेन्ट गर्नुहोस्