काठमाडौंः नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् ।
आर्थर गनले चिनिले २२ वर्षीय दिवेश आइडलको उपाधि जित्न चुके । भोटिङका आधारमा दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् ।
उपाधि जित्न नसकेपनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।
काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्दै आएका छन् ।