काठमाडौं । कोरोनाले चौतर्फी त्रासदी फैलाएको बेला समेत यूरोपियनहरु घरबाहिर निस्किन छोडेका छैनन् ।
पछिल्लो सातामात्रै यूरोपका मुख्य समुन्द्री किनारा, पार्क तथा ऐतिहासिक स्थलहरुमा मानिसहरुको ठूलो भीड देखिएको छ ।
वैज्ञानिक तथा सरकारले बारम्बार चेतावनी दिँदा समेत मानिसहरु सयौंको संख्यामा सार्वजनिक स्थलमा देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले भने संक्रमणको दोश्रो डरलाग्दा चरण आउन सक्ने चेतावनी दिएको छ । “दोश्रो चरणको आँधीका लागि तयार रहनुस्” विश्व स्वास्थ्य संगठनका यूरोप निर्देशक डा. हेन्स क्लुगले चेतावनी दिँदै भनेका छन् ।

फ्रान्समा दर्जनौं मानिस आइफेल टावर र बिभिन्न पार्कमा भेला भएका तस्वीर सार्वजनिक भएका छन् ।
संक्रमणको सबैभन्दा बढी चाप रहेको स्पेनमा पनि अवस्था उस्तै छ । कतिपय रेष्टुरेण्टमा सरसफाईको काम चलिरहेको छ । मानिसहरु घरबाहिर निस्किन छोडेका छैनन् ।
“दोश्रो चरणको आँधीका लागि तयार रहनुस्” विश्व स्वास्थ्य संगठनका यूरोप निर्देशक डा. हेन्स क्लुगले चेतावनी दिँदै भनेका छन् ।
स्पेट, फ्रान्स, इटाली जस्ता अति उच्च संक्रमण भएका देशहरुमा सडक, पार्क, नदी किनारमा सयौं मानिस भेला भएका तस्वीर समाचार एजेन्सीहरुले सार्वजनिक गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले भने अहिले संक्रमण घटन थालेको देखिएपनि यो हिउँदमा संक्रमणले फेरी डरलाग्दो रुप लिनसक्ने भएकोले घरमा नै बस्न अनुरोध गरेको छ ।

आवरण तस्वीरः प्रतिबन्धका बावजूद ग्रिसको एलिमोस नदी किनारमा मई १६ तारिखमा घाम ताप्न जम्मा भएका मानिसहरुः
सबै तस्वीरहरु डेलिमेलबाट साभार