पुरानो मोडलः संक्रमितहरू सीमाबाट निर्वाधरूपमा आइरहे, परिक्षणको दायरा अत्यन्तै साँघुरो भयो । पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए ।

कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो । क्वारेन्टाइन तथा परीक्षणको लापरबाहीले २ जनाको ज्यान गयो । लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो ।
नयाँ मोडेल :
१. परीक्षणको दायरा तीब्र गतिमा होस् ।
२. सिमानामा कडाइ होस् ।
३. भारतसँग सिमाना भएका सबै जिल्लामा प्रतिजिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस् ।
४. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, १ जना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था होस् ।
५. १५ दिन सकिन्छ भने देशभर कर्फ्यू वा वैकल्पिक रुपमा कर्फ्यू स्तरको लकडाउन होस् | यसो गर्दा संक्रमितमध्ये ८५ % लाई आफै निको हुन्छ, लक्षणदेखिए अस्पताल पुर्याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउँदैन ।
६. मान्छेहरु मर्निंङ वाक, इभिनिङ वाक, सपिङ आदि कामले बिहानबेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहानबेलुका कर्फ्यू लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन ।
७. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफूल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड हुँदैन ।
८. सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मीकाे गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ ।
९. अत्यावश्यक काम परेर घर बाहिर जाँदा सहि तरिकाले मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने तथा ३ जनाभन्दा धेरैजना सँगै हिँड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था होस् ।
१०. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, विभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयू तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस् ।
यति गर्न सक्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ । पुरानो मोडेलअनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन ।