यूएईमा रहेका नेपालीलाई १ हजार खाद्यान्न प्याकेट वितरण गर्दै दूतावास

यूएईः संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई दूतावासले सहयोग गर्ने भएको छ ।

आबुधाबी अवस्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका नेपालीहरुलाई ११ केजीका १ हजार प्याकेट खाद्यान्न बितरण गर्ने भएको हो ।

उक्त खाद्यान्न युएईमा रहेका संघसंस्थामार्फत् वितरण गरिने छ ।

याे पनि पढ्नुस  यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह

दूतावासले समस्या परेको खण्डमा एनआरएन यूएई र नेपाली समाज लगायतका संघसंस्थाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्