कतारमा ८ नेपाली बन्दीलाई आममाफी

दोहा: कतारको कारागारमा जेल सजाय भोगी रहेका ८ नेपाली बन्दिलाई त्यहाँको सरकारले आममाफी दिएको छ।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विभिन्न अभियोगमा पक्राउ परेका ८ जना नेपाली बन्दिलाई आममाफी दिइएको बताएका छन् ।

इस्लाम धर्मावलम्बीकाे पवित्र महिना रमजानकाे अवसरमा कतारस्थित कारागारहरूमा सजाय भोग्दै गरेका नेपाली मध्य असल चालचलनका ८ जनालाई माफी दिइएको नेपाली दूतावासले जानकारी दिएको छ।

याे पनि पढ्नुस  दशै तिहारको अवसरपारी कतारमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना

आममाफी पाउनेमा ४ जना कुटपिट,२ जना चाेरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका नेपाली रहेको दूतावासले बताएको छ ।

कमेन्ट गर्नुहोस्