कतारमा रहेका नेपालीलाई कोरोनाको परीक्षण गराउन दूतावासको अनुरोध

दोहाः कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कोरोना भाइरसको परीक्षण गराएर ढुक्कसँग बस्न अनुरोध गरेको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै त्यहाँ रहेका आप्रवासी नागरिकहरूले संक्रमणको लक्षण देखिएको वा आशंका भएमा परीक्षण गराउन हटलाईन १६००० मा सम्पर्क गरि कोभिड-१९ परीक्षणको लागि तोकिएका स्वास्थ्यकेन्द्रहरूमा सोझै जानसक्ने व्यबस्था मिलाएको दूतावासले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसः चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’

कोभिड-१९ को संक्रमण जति चाँडो पहिचान भयो, सही उपचार पाउन र निको हुन त्यति नै सहज हुने भएकाले परीक्षण गराउन दूतावासले अनुरोध गरेको छ।

कोभिड-१९ परीक्षणका लागि मुआइथर स्वास्थ्य केन्द्र (Muaither Health Centre)रावदत अल खालिल स्वास्थ्य केन्द्र (Rawdat Al Khalil Health Centre)
अम सलाल स्वास्थ्य केन्द्र (Um Slal HealthCentre)
र अल घराफा स्वास्थ्य केन्द्र (Al Gharafa Health Centre) मा जान सकिने दूतावासले बताएको छ ।

कमेन्ट गर्नुहोस्