काठमाडौंः ८ सय ५० जना सशस्त्र प्रहरी सहायक हवल्दार हवल्दार पदमा बढुवाका लागि सिफारिस भएक छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सोमबार ८५० जना सशस्त्र प्रहरी सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (च) बमोजिमको बढुवा समितिले सिफारिस गरेको हो । बढुवा उपर कसैको चित नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिस सूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः
https://www.apf.gov.np/uploads/doc/5ec2864942207.pdf