काठमाडौं । साढे तीन वर्षअघि युट्युबमा राखिएको चर्चित गीत ‘ठमेल बजार’लाई साढे तीन करोडले हेरेका छन् ।
हाइलाइट्स नेपालले अक्टुबर २२ तारिखका दिन एलिशा राईको नृत्य रहेको उक्त गीतलाई युट्युबा राखेको थियो ।
लूट २ र एलिसाको सफलतामा उक्त गीत नै निर्णाय बनेको थियो । ठमेल बजारु बोलको गीत सुपर हिट भएको थियो भने फिल्मले मल्टिप्लेक्समा अक्रामक व्यापार गरेको थियो ।
लूटमा चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशील राज पाण्डे, रतिक राज न्यौपाने, सुशिल उप्रेति र एलिशा राई आदि कलाकारले अभिनय गरेका थिए ।
लुट को सिक्वेलमा बनेको द्वन्द्व प्रधान चलचित्र माधव वाग्लेको निर्माणमा बनेको थियो ।
अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अघि उनले राई भाषाको चलचित्र बिनायोमा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनले दर्जनौं म्युजिक भिडियो र सांगितिक प्रस्तुत गरेकी छिन् । गीत, संगीत र अभिनयमा उनको अब्बल पकड रहेको छ।
सामाजिक सञ्जालमा एलिसाका लाखौं फ्यान रहेका छन् । नेपाल बाहिर समेत उनको प्रस्तुती हेर्न मानिसको घुईंचो लाग्ने गर्दछ
एलिसाले आफूलाई सानैदेखि कलाकारितामा सोख रहेकी एलिसा एलिसा राईले चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतबाट थप चर्चामा आएकि थिइन्।
यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी थिइन्।
ताजा समाचार